कांग्रेस महाधिवेशन : तेह्रथुमका ४३ वटै वडामा सर्वसम्मत नेतृत्व चयन

Congress 2

तेह्रथुम । नेपाली कांग्रेस तेह्रथुमले ४३ वटै वडामा अधिवेशन सम्पन्न गरेको छ । जिल्लाका ६ वटा स्थानीय तहका ४३ वटा वडाम १ हजार ६ सय ८६ पदाधिकारी निर्वाचित भएका हुन् ।

अधिवेशनले गाउँपालिकाको वडाबाट ३७ जना गरी जम्मा ८ सय ८८ र प्रत्येक नगरपालिकाका वडाबाट ४२ जना गरी ७ सय ९८ जना चयन गरेको हो ।

त्यसमध्ये ६ सय ४५ जना क्षेत्रीय प्रतिनिधि बनेका छन् ४३ जना वडा सभापति चयन भएका छन् । क्षेत्रीय प्रतिनिधि र वडा सभापतिले जिल्ला अधिवेशनमा भाग लिनेछन् । ती ६ सय ८८ जनाबाट गाउँ, नगर, क्षेत्रीय र जिल्ला अधिवेशन सम्पन्न गर्ने भएको जिल्ला अधिवेशनका सहायक निर्वाचन अधिकृत प्रकाश ढुंगानाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...