माओवादी स्थायी समिति बैठक जारी  

Maoist meeting  2021

काठमाडौँ । सत्ता साझेदार नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक बसिरहेको छ।

पार्टी कार्यालय पेरिसडाँडामा केहीबेरअघि सुरु बैठकमा पार्टीको आन्तरिक संगठनात्मक संरचनामै छलफल भइरहेको नेताहरुले बताएका छन्।

माओवादीले यसअघि प्रदेश इन्चार्ज चयन गरेपनि सहइन्चार्ज, अध्यक्ष र सचिव सबै प्रदेशमा टुंगो लगाएको थिएन। यसबाहेक केन्द्रीय समतिमा नियुक्त गर्ने नेताहरुको नामबारे पनि छलफल गर्ने नेताहरुले बताएका छन्।

माओवादीले २४ जना केन्द्रीय सदस्य नियुक्त गर्ने तयारी छ। तर, आकांक्षी धेरै भएपछि भदौ ६ गते बसेको स्थायी समिति बैठकमा सहमति जुट्न सकेको थिएन। 

माओवादीले प्रदेश १ मा राम कार्की, प्रदेश–२ मा गणेश साह, बागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा शक्ति बस्नेत र सुदूरपश्चिममा खगराज अधिकारीलाई इन्चार्ज बनाइसकेको छ। 

शुक्रबारको बैठकमा मन्त्रिमण्डलमा सहभागी हुने नेताहरुको विषयमा पनि छलफल हुने बताइएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...