लागूऔषध ओसारपसारमा संलग्न श्रीमान् श्रीमती पक्राउ

Gaja 1

सुनसरी । इलाका प्रहरी कार्यालय इटहरीले २१ किलो गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरी सुनसरीको इटहरी १२ बाट सवारी साधन चेकजाँच गर्ने क्रममा विराटनगरतर्फ जाँदै गरेको प्र–१–०२–०४३ प ८८०४ नम्बरको मोटरसाइकलमा सवार दुईजनालाई गाँजासहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनकुटा सांगुरीगढी गाउँपालिका ८ घर भई हाल इटहरी(४ मा कोठाभाडामा बस्दै आएका २७ वर्षीय दीपेन्द्र राई र मोटरसाइकलको पछाडि सवार उनकी श्रीमती २५ वर्षीया शर्मिला राई रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

प्रहरीका अनुसार मोटरसाइकलको बीचमा ‘ह्याप्पी बर्थडे’ लेखिएको रंगीचंगी र्‍यापिङ पेपरले बाहिरबाट बेरेर राखेको अवस्थामा कार्टुन र मोटरसाइकलको लेगार्डमा झुण्ड्याइएको जेब्रा झोलाभित्र प्याक गरिएको अवस्थामा गाँजा बरामद भएको हो । प्रहरीले उनीहरूको साथबाट २१ किलो गाँजा बरामद गरेको जनाएको छ ।

यस्तै गाँजा ओसारपसारमा संलग्न भारतको अररिया जिल्ला जोगवनी थाना पीपरा पञ्चायत(६ विसनपुर ९बिहार० बस्ने अन्दाजी ३० वर्षीय टुनटुन यादवलाई समेत मोरङ प्रहरीको सहयोगमा विराटनगर १५ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न तीनै जनालाई जिल्ला अदालत सुनसरीबाट लागूऔषध मुद्दामा नौ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान तथा कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...