कोरोनाका कारण २३ जना पत्रकारको मृत्यु, हजारभन्दा बढी पीडित

1609996507

काठमाडौँ । कोरोना महामारीका कारण डेढ वर्षमा २३ जना पत्रकारको मृत्यु भएको छ । कोरोना संक्रमणकै कारण एक हजारभन्दा धेरैले आफन्त गुमाएका छन् ।

नेपाल प्रेस इन्टिच्यूटले आयोजना गरेको मिडियामा कोभिडको असरसम्बन्धी राष्ट्रिय कार्यशालामा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले कोरोनाका कारण २३ जना पत्रकारको ज्यान गएको बताएका हुन् ।

कोरोनाका कारण केही उद्योग तथा व्यवसाय बन्द भए पनि मिडिया क्षेत्र जसोतसो चलिरहेको उनले बताए । कार्यशालामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले प्रदेश तथा स्थानीय सरकारले मिडिया तथा सञ्चार क्षेत्रका लागि सघाउने काम गरिरहेको बताए ।

इन्स्टिच्यूटका कार्यवाहक अध्यक्ष मन्टेश्वरी राजभण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा सातै प्रदेशका नेपाल पत्रकार महासंघका प्रादेशिक अध्यक्षले तयार पारेको अनुसन्धानमूलक कार्यपत्र पनि प्रस्तुत गरिएको थियो । 


  

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...