नागढुंगा सडक बिहानैदेखि अवरूद्ध, सवारी साधन परे जाममा

Nagdhunga jam

काठमाडौं । काठमाडौँ प्रवेश गर्ने मुख्य नाका नागढुंगा सडक आज बिहानैदेखि अवरूद्ध भएको छ ।

नागढुंगा नजिकै चिसापानी भन्ने ठाउँमा पहिरो खस्दा बिहान साढे पाँच बजेदेखि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।

हिजो बिहानदेखि दिउँसो एक बजेसम्म अवरुद्ध भएको सडक पहिरो पन्छाएर सञ्चालनमा आएको केही घण्टामै फेरि अवरूद्ध भएको हो ।

पहिरोले सडक दुईतर्फी नै पूर्णरुपमा अवरुद्ध हुँदा सयौँ गाडीको लाइन लागेको नागढुंगा प्रहरीले जनाएको छ । पहिरो पन्छाउन डोजर परिचालन गरिसकिएकाले केही घण्टामा सडक खुला हुने प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...