श्रीमतिलाई खुकुरी प्रहार गरी श्रीमानले गरे आत्महत्या
भोजपुर । भोजपुर षडानन्द नगरपालिका ९ तालखर्क का ४० बर्षीय बुद्दीमान राईले आफ्नै श्रीमतीको हत्या गरेर आत्महत्या गरेका छन् । शनिबार बिहान साढे १ बजे उनले आफ्नै श्रीमती २८ बर्षीया ईन्द्रकला राईलाई धारिलो हतियार खुकुरीले ढाडमा प्रहार गरी हत्या गरेका थिए ।
आमालाई खुकुरी प्रहार गरेको देखेपछि आठ बर्षीय छोराले स्थानीयलाई खवर गरेका थिए । घटनाको जानकारी पाउन साथ घटना स्थलमा पुग्दा इन्द्रकलाको मृत्यु भइ सकेको र श्रीमाानलाई खोजी गर्दा झुन्डिएको अबस्थामा फेला परेको प्रहरीको भनाइ छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी राजकुमार राईले बताए ।
त्यसलगत्तै आफूले पनि घरबाट अन्दाजी ४० मिटर टाढा रहेको दुधिलोको रुखमा झुन्डिएर आत्महत्या गरेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रहरीका अनुसार घटनास्थलमा आमालाई खुकुरी प्रहार गरेको देखेर उनीहरुकै ८ बर्षीय छोराले स्थानीयलाई खबर गर्न गएका थिए । स्थानीयबासी घटनास्थलमा पुग्दा ईन्द्रकला राईको मृत्यु भई सकेको र उनको पतिलाई खोजी गर्दा झुन्डिएको अवस्थामा शव फेला परेका थिए ।
घटनास्थलको ईलाका प्रहरी कार्यालय साङपाङ र ईलाका प्रहरी कार्यालय तिवारी भञ्ज्याङबाट प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
प्रतिकृया दिनुहोस