प्रचण्ड भन्छन्, अझैं प्रतिगमनको खतरा छ

Prachanda 12

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमनको खतरा अझै पनि रहेको बताएका छन् । प्रचण्डले नेकपा (एमाले) सँग एकता गरेर आफूले ज्ञान प्राप्त गरेको बताएका छन् ।

नयाँ सरकार गठन हुनुअघि प्रधानमन्त्री देउवा निवासमा भएको पाँच दलीय गठबन्धनको बैठकमा आफूलाई गठबन्धनका नेताले केपी ओलीसँग एकता गरेर के पाउनुभो भनेर सोधेको भन्दै प्रचण्डले आफूले ज्ञान पाएको जवाफ दिएको बताए ।

वाइसिएलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘मैले ओलीसँग एकता गरेर ज्ञान पाएँ । त्यो देउवाजी, माधवजीलगायत सबैलाई काम लाग्छ ।’ उनले आफूहरुले जित्नै लागेका बेला प्रतिगमनले घन हान्ने गरेको बताए ।

पुस ५ मा तत्कालीन ओली सरकारले प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड र माधवकुमार नेपालले त्यसलाई प्रतिगमन भन्दै सडक आन्दोलन गरेका थिए ।

सर्वोच्च अदालतले फागुन ११ मा प्रतिनिधिसभा विघटनलाई बदर गर्ने फैसला गरेपछि सो दिन चितवनमा रहेका प्रचण्ड र नेपालले लड्डु खाएका थिए । तर, फागुन २३ मा सर्वोच्च अदालतले तत्कालिन नेकपालाई खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि दुबैजनालाई घनले हाने जस्तै भएको थियो । प्रचण्डले शनिबार सोही सन्दर्भ स्मरण गरेका हुन् ।

माओवादी केन्द्र र एमालेबीच एकीकरण हुँदा आलोपालो प्रधानमन्त्री बन्ने कागज गरिए पनि ओलीले त्यसलाई कार्यान्वयन नगरेको विषयलाई प्रचण्डले शनिबार तमसुक हेरेर बसेको बताएका हुन् । ओलीसँगको संगले आफूलाई ज्ञान प्राप्त भएकोसमेत प्रचण्डले बताए । उनले ओली ठग हुन् भन्ने प्राप्त भएको बताएका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...