प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता, मन्त्रिपरिषद् बिस्तार गर्ने विषयमा छलफल
काठमाडौं । लामो समयदेखि मन्त्रिपििरषद विस्तार गर्न असफल बनेका प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
प्रचण्ड सचिवालयले जनाएअनुसार शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा देउवा र प्रचण्डबीच छलफल भएको हो । भेटमा मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल भएको छ ।
यसअघि माधव नेपाल समूह एमालेबाट छुट्टिनसकेकाले सरकारमा सहभागी हुन प्राविधिक कठिनाइ भएकाले मन्त्रिपरिषद् बिस्तार रोकिएको थियो । देउवा प्रधानमन्त्री भएको डेढ महिना नाघिसके पनि अहिले जम्मा चारजना मात्रै मन्त्री छन् ।
देउवालाई संसदमा विश्वासको मत दिएका माधवकुमार नेपालको दल नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०को दर्ता प्रक्रिया पूरा भएकाले छिट्टै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीबारे छलफल भएको हो ।
देउवा र प्रचण्डबीच सत्तारुढ गठबन्धनलाई थप बलियो बनाउने विषयमा पनि छलफल भएको छ ।
प्रतिकृया दिनुहोस