बाढीपहिरोबाट ३ दिनमा १० जनाको मृत्यु, ५ महिनामा १८० जनाको मृत्यु

Flood 122

काठमाडौं । पछिल्लो तीन दिनदेखि परेको बर्षाका कारण देशका बिभिन्न जिल्लामा बाढीपहिरोबाट १० जनाको मृत्यु भएको छ । बाढीपहिरोमा परी चार जना बेपत्ता भएका छन् ।

प्रहरीका अनुसार तीन दिनमा मृत्यु हुनेमा नवलपरासी पूर्वमा तीन, पश्चिममा दुई, रूपन्देही, कैलाली, दाङ, उदयपुर र ललितपुरमा एकरएक जना रहेका छन् । यस्तै बेपत्ता हुनेमा नवलपरासी पश्चिम, रूपन्देही, कैलाली र ललितपुरमा एकरएक जना रहेका छन् ।

देशभर विगत पाँच महिनामा प्राकृतिक विपद्का घटनामा १८० जनाको मृत्यु भएको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वैशाख यता शुक्रबार रातिसम्म देशभर विपद्का १५३९ घटना भएका छन् ।

यी घटनामा १८० जनाको मृत्यु भएको छ भने ४० जना बेपत्ता छन् । यस्तै ४०६ जना घाइते भएका छन् । विपद्का घटनाबाट १९६८ घरपरिवार प्रभावित बनेका छन् । यी घटनाबाट ९१ करोड ६२ लाख ८ हजार ३४२ रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ ।

यो अवधिमा सबैभन्दा धेरै पहिरोमा परी ४७ जनाको मृत्यु भएको छ । यस्तै चट्यांमा परी ४२ जनाको मृत्यु भएको छ भने बाढीका कारण ३० जनाको मृत्यु भएको छ । सर्पदंशबाट १५ जना जंगली जनावरको आक्रमणमा २० जनाले ज्यान गुमाउनु परेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...