व्यक्तिवादी अहंकार र पार्टीलाई प्राईभेट कम्पनी बनाएपछि विद्रोहको विकल्प रहेन : नेता नेपाल

Madhav nepal

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले ओलीको व्यक्तिवादी अहंकार र पार्टीलाई प्राईभेट कम्पनी बनाएपछि विद्रोह गर्ने बाहेक अर्को विकल्प नरहेको बताए ।

बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा आयोजित पत्रकार सम्मेलनमा नवगठीत नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपालले यस्तो बताएका हुन्। नेपालले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको अहंकार र व्यक्तिवादी व्यवहारका कारण एमालेमै रहनसक्ने अवस्था नरहेपछि नयाँ पार्टी दर्ता गर्न बाध्य भएको बताए ।

उनले एमालेबाट पिडित रहेका नेता कार्यकर्ताको ठूलो पंक्तिले विद्रोह गरेर कम्युनिष्ट पार्टीको पुर्नगठन गर्दै नयाँ पार्टी गठन भएको बताए। पत्रकार सम्मेलनमा केन्द्रीय नेताहरुको उपस्थिति रहेको छ। पार्टीमा ओलीले गरेका भेदभाव र अन्यायपूर्ण व्यवहारले नै नेकपा विभाजनम भूमिका खेलेको आरोप समेत लगाए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...