तत्काल क्रियाशिल सदस्यको नामावली सार्वजनिक गर्न दउवालाई पौडेलको दबाब

Capture

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले क्रियाशिल सदस्यता नामावली सार्वजनिक गर्न पार्टी सभापति देउवालाई दबाब दिएका छन् । क्रियाशिल  सदस्यता वितरणमा त्रुटि भए सच्याउने अवसर प्रदान गर्न नेतृत्वले त्यसको सार्वजनिक गर्न ढिलाई गर्न नहुने उनको भनाइ छ । 

केन्द्रीय कार्यालय सानेपामा क्रियाशील सदस्यको नामावली सार्वजनिक गर्नुपर्ने माग राख्दै पार्टीका जिल्ला सभापतिहरूले धर्ना दिइरहेका छन् । सोही धर्ना कार्यक्रममा ऐक्यबद्धता जनाउन बुधबार पार्टी केन्द्रीय कार्यालय पुगेका वरिष्ठ नेता पौडेलले युद्धस्तरमा काम गरेर भए पनि पार्टीको क्रियाशील सदस्यहरूको नामावली तत्काल सार्वजनिक गर्न सभापति देउवासँग माग गरे ।

वरिष्ठ नेता पौडेलले पार्टीको महाधिवेशन समयमै सम्पन्न गर्न आफूले प्रयास गरिरहे पनि पार्टी नेतृत्वले सुनुवाइ नगरेको गुनासो गरे । पार्टी नेतृत्व इमान्दार भए अझै पनि तोकिएकै समयमा कांग्रेसको १४ औं महाधिवेशन सम्पन्न हुने उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...