कर नर्तिर्नेको घर घरमा पञ्चोबाजासहित पुग्यो काठमाडौँ महानगर, ३० दिनभित्र कर तिर्न निर्देशन

Panchebaja  ktm m n

काठमाडौँ । काठमाडौं महानगरपालिकाले घरजग्गा–सम्पत्ति कर नतिर्नेहरुको घर आँगन तथा कार्यालय परिसरमा पञ्चेबाजा बजाएर कर तिर्न सूचित गरेको छ ।

बुधबार काठमाडौं वडा नंवर २२ स्थीत आर वी कम्प्लेक्स, केशा प्रोपर्टिज प्रालि लगाएतमा पुगी कर बक्यौता बाँकी रहेको भन्दै पञ्चेबाजा बजाएर कर तिर्न सूचित गरेको हो । सो क्रममा महानगरले कर तिर्न सूचना टाँस गरेको छ ।

यसअघि सूचना प्रकाशित गरी ३० दिनभित्र कर तिर्नका लागि भनिएकोमा अटेर गरेकाले पञ्चेबाजा बजाएर कर तिर्न सूचित गरेको काठमाडौं महानगर राजस्व बिभागका सहायक निरिक्षक प्रतिक लामाले जानकारी दिए । 

महानगरपालिकाले सात दिनभित्र कर नबुझाएमा कानूनअनुसार प्लाजाका सम्पूर्ण पसल तथा व्यावसायिक गतिविधि बन्द गराउने जनाएको छ । घरजग्गा–सम्पत्ति कर नतिर्नेहरुमा कान्तिपुर होटल, होटल प्लाटिनियम, ह्वाइट फिल स्कुल, रञ्जना टे«ड सेन्टर लगाएतका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...