म्याद गुज्रिएको सामान ‘रिलेभलिङ’ गरि वितरण गर्ने एक व्यक्ति पक्राउ

Capture dfdfdfsdf

काठमाडौँ । म्याद गुज्रिएका खाद्यवस्तु रिलेभलिङ गरि बिक्री वितरणमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँको बालाजुमा अगत नेपाल भेन्चर प्राली नामको कम्पनीमा म्याद गुज्रेका खाद्यवस्तुमाथि रिलेभलिङ गर्ने कार्यमा संलग्न चन्द्रागिरी नगरपालिकाका ६ का ३१ वर्षीय सुवास खड्कालाई महानगरीय अपराध महाशाखाको टोलिले मंगलबार पक्राउ गरेको हो ।

खड्का कम्पनीमा सुपरभाइजरको काम गर्दै आएका थिए । प्रहरीका अनुसार कम्पनीका सञ्चालक मोरङका प्रभात देव भने फरार रहेका छन् । कम्पनीबाट डाइजेस्टिभ, क्रन्ची, कोकोनट, बटर कुकिज लगायत बिस्कुट, पास्ता, सेवाई कर्नफ्लेक्स लगायत म्याद गुज्रिएका सामानहरुलाई नयाँ मिति राखेर बिक्रीको लागि तयार गरिएको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रालीबाट प्रहरीले रिलेभलिङ गर्ने मेसिन र लेभल मेट्न प्रयोग हुने केमिकल एक एक थान पक्राउ गरेको छ ।​ अगत प्रालीबाट सामान खरिद गरेका थोक तथा खुद्रा बिक्री बिक्रेताहरुलाई ती सामान बिक्री नगर्न पनि प्रहरीले आग्रह गरेको छ ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...