उचित समयमा जिम्मेवारी हस्तान्तरण गर्छु : अध्यक्ष ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनुकुल समयमा पार्टीको जिम्मेवारी हस्तान्तरण गर्ने बताए ।
ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा पार्टीले आयोजना गरेको विशेष पत्रकार सम्मेलनमा सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिँदै अध्यक्ष ओलीले आफू निर्विकल्प नरहेकाले उचित समयमा जिम्मेवारी हस्तान्तरण गर्ने बताएका हुन्।
‘केहीले एउटा समूह गयो अब ओली निर्विकल्प भनेर साँघुरो सोच राखिराख्नु भएको छ। निर्विकल्प केही हुँदैन। आगामी निर्वाचनसम्म म निर्विकल्प हो। अरू विकल्पमा आउँदैनन् भन्ने होइन,’ उनले भने।
केही पनि निर्विकलेप हुन्न। नेकपा एमाले हालका लागि प्रतिपक्षमा निर्विकल्प हो। आउँदो चुनावबाट सत्ता पक्ष हुनका लागि पनि निर्विकल्प छ। सरकारमा जान्छ यसको कुनै विकल्प छैन’, उनले भने।उनले आफू महाधिवेशनसम्मका लागि अध्यक्ष भएको दाबी गरे।
प्रतिकृया दिनुहोस