पौडेल समूहका जिल्ला सभापतिहरु आजदेखि २४ घण्टे रिले अनशन बस्ने
काठमाडौँ । नेपाली कांग्रेसको पौडेल समूहका जिल्ला सभापतिहरुले पार्टीको केन्द्रीय कार्यालय सानेपामा रिले अनशन बस्ने भएका छन् ।
क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्न माग गर्दै सोमबार धर्ना बसेका नेताहरु आजदेखि अनशन बस्ने भएका हुन्।
कांग्रेस धादिङका जिल्ला सभापति रमेश धमलाले आजदेखि २४ घण्टे रिले अनशन सुरु गर्न लागेको बताए ।
क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्नुपर्ने, त्रुटि भएमा तुरुन्तै सच्याउनुपर्ने र एउटा मात्र निर्वाचन क्षेत्र भएका जिल्ला सभापति र एक भन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्ला सभापतिहरुको समान हैसियत हुने गरी व्यवहार हुनुपर्ने माग राखेर आफूहरु अनशन बस्ने धमलाले जानकारी दिए ।
अनशनमा धमलासहित नुवाकोटका जिल्ला सभापति जगदिशनरसिंह केसी र काभ्रेका मधु आचार्य सहभागी हुने छन्।
प्रतिकृया दिनुहोस