सनाखतका लागि महन्थ ठाकुरसहितका नेताहरु निर्वाचन आयोगमा
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका नेताहरू सनाखतका लागि पुगेका छन्।
दल दर्ताका लागि दिएको निवेदनमा उल्लेख गरिएका नाममा सनाखत गर्न महन्थ ठाकुर, राजेन्द्र महतो लगायतका नेताहरु आयोगको कार्यालय कान्तिपथ पुगेका हुन् ।
आयोगले उनीहरुलाई सनाखतका लागि बिहान ११ स् ३० बजेदेखि दिउँसो २ बजेसम्म समय दिएको छ। प्रस्तावित लोसपाका अध्यक्ष ठाकुरले ३१ जना केन्द्रीय कार्यकारिणी सदस्यहरुको नामावली आयोगमा बुझाएका छन् ।
सनाखत गरेपछि प्रमाण पुगेमा आजै आयोगले पार्टी दर्ताको प्रमाण पत्र दिने तयारी गरेको छ। यस्तै यसअघि प्रस्तावित नेकपा एकीकृत समाजवादीका नेताहरु सनाखतका लागि निर्वाचन आयोग पुगेका छन् ।
नेकपा एमालेबाट विभाजन भएर नेकपा एकीकृत समाजवादी पार्टी र जसपाबाट विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी गठन भएका थिए । सरकारले अध्यादेश ल्याएपछि दुवै पार्टीले नयाँ पार्टी दर्ता गर्न निवेदन दिएका थिए। दुवै दललाई आज आयोगले सनाखतका लागि बोलाएको हो ।
प्रतिकृया दिनुहोस