बढ्यो इन्धनको मुल्य, पेट्रोलको मुल्य अब १३० रुपैयाँ पर्ने
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । योसँगै अव पेट्रोलको मुल्य १३० रुपैयाँ पर्नेछ ।
सोमबार राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल, पेट्रोल र मटिटतेलसहित खाना पकाउने ग्यासको मूल्यमा वृद्धि गरेको हो ।
डिजेल, पेट्रोल र मटिटतेल प्रतिलिटर २ रुपैयाँले बढेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले एक विज्ञप्ती जारी गर्दै जानकारी गराएका हुन् । उनका अनुसार मूल्य बढेसँगै अब पेट्रोल प्रतिलिटर १ सय ३० रुपैयाँ, डिजेल तथा मटितेल १ सय १३ रुपैयाँ र हवाई इन्धन ८६ रुपैयाँ कामय भएको छ । एलपी ग्यास प्रति सिलिण्डर २५ रुपैयाँ बढाएर १ हजार ४ सय ५० कायम गरिएको निगमले जनाएको छ ।
पेट्रोल प्रतिलिटर १३० रुपैयाँ, डिजेल तथा मटितेल ११३ रुपैयाँ र हवाई इन्धन ८६ रुपैयाँ कामय भएको निगमले जनाएको छ। खाना पकाउने ग्यासको मूल्य पनि प्रतिसिलिण्डर २५ रुपैयाँले बढेको छ। अब ग्यासको मूल्य प्रतिसिलिण्डर १४५० रुपैयाँ पर्नेछ ।
प्रतिकृया दिनुहोस