आफुले नेता नेपाललाई धोका नदिएको अष्टलक्ष्मी शाक्य दाबी

Astalaxmi shakya

काठमाडौं । वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफू एमाले एकताको पक्षमा रहेको बताएकी छन् ।

एमाले उपाध्यक्षसमेत रहेकी शाक्यले एमाले विवाद समाधान गरी एकता कायम गर्न गठित कार्यदलले तयार पारेको १० बुँदे सहमति कार्यान्वयनमा ल्याई एकताबद्ध भएर पार्टी अघि बढ्ने विश्वास पनि व्यक्त गरेकी छन् ।

वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफू मुख्यमन्त्री बन्ने विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र नयाँ पार्टी गठन गर्ने नेता माधवकुमार नेपाल दुबैको सहमति रहेको पनि दावी गनरेकी छन् ।

वाग्मती प्रदेशसभामा सरकार परिवर्तनको विषयमा आफूले दुबै नेतालाई भेटेर जानकारी गराएको र दुबैको सहमति पाएको उनले बताइन् । शनिबार काठमाडौंको धुम्बाराहीमा आयोजित कार्यक्रममा मुख्यमन्त्री शाक्यले आफूले निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलसँगै ओलीलाई भेटेको बताइन् ।

‘वाग्मतीको यस्तो स्थिति छ । के गर्नुहुन्छ तपाई‌ले ? हामी मिलेर अघि बढ्न चाहन्छौं, मिलेर अघि बढेका छौं । नीति पास गर्‍यौं, बजेट पास गर्‍यौं । अब सरकार पनि हामी चलाउँछौं भनेपछि खुशी हुनुभयो’ उनले भनिन्, ‘राम्रो काम गर्न थाल्नुभयो अगाडि बढ्नुस् भन्नुभयो । यति पाएपछि के चाहियो ?’

‘हामी यस्तो चरणसँग पुग्यौं । नीति पनि पास गरिसक्यौं, बजेट पास ग¥यौं, सरकार परिवर्तन गर्न बाँकी छ । सरकार निर्माण गर्दैछौं । तपाईको निर्देशन चाहियो भनेपछि उहाँ पनि खुशी हुनुभयो’ मुख्यमन्त्री शाक्यले भनिन्,‘केपी कमरेडले यसो भन्नुभएको हो म पनि भन्दिहाल्छु नि, म पनि एकताकै पक्षमा छु भन्नुभयो ।’

नेकपा विभाजन गरेर माधव नेपालले नयाँ पार्टी गठनका लागि निर्वाचन आयोगमा निवेदन दिएको दिन वाग्मती प्रदेशमा सरकार फेरबदल भएको थियो । त्यस दिन मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिई शाक्य मुख्यमन्त्री नियुक्त भएकी थिइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...