आज यी ३ वटा प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । न्यून चापीय रेखा नेपालभन्दा केही दक्षिणतिर रहेको छ । अहिले प्रदेश एक, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ ।
मौसमविद् सजिना शाक्यका अनुसार दिउँसोपछि प्रदेश एक, वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना छ । राति भने प्रदेश एक, वाग्मती र सुदूरपश्चिम प्रदेशको एक/दुई ठाउँमा भारी वर्षाको सम्भावना छ ।
धेरै वा लगातार पानी नपरे पहिला परेको पानीले जमिन गलेको हुन सक्ने भएकाले भिरालो जमिनमा पहिरो जान सक्ने र नदीहरुमा बाढीको सम्भावना रहेकाले भिरालो जमिन र नदी तटीय क्षेत्रमा रहेकाहरुलाई सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
प्रतिकृया दिनुहोस