नेपाल समुहको नाम फेरियो, नेकपा (एकीकृत समाजवादी) प्रस्ताव
काठमाडौं । एमालेबाट विभाजित माधवकुमार नेपाल समूहको पार्टीको नाम फेरिएको छ । नयाँ पार्टी गठन गर्दा नेकपा एमाले (समाजवादी) राखिएकोमा सर्वाेच्चको फैसलाले समस्या पार्ने भएपछि नाम फेरेर नेकपा (एकीकृत समाजवादी) प्रस्ताव गरिएको छ ।
नेपाल समूहले यसअघि नेकपा (एमाले समाजवादी) प्रस्ताव गरेर दल दर्ताको निवेदन दिएको थियो । तर, अर्को दलसंँग मिल्दो नाम राख्न नमिल्ने भएपछि राजेन्द्र पाण्डे लगायतका नेताहरू शुक्रबार निर्वाचन आयोग पुगेर नयाँ नाम नेकपा (एकिकृत समाजवादी) प्रस्ताव गरेका हुन् ।
निर्वाचन आयोगको प्रवक्ता राजकुमार श्रेष्ठले पार्टीको नयाँ नामका लागि निवदेन दिएको बताए । उनले पार्टी दर्ताको प्रक्रिया पूरा भएपछि यसबारेमा आयोगले अन्तिम निर्णय गर्ने जानकारी दिए ।
निर्वाचन आयोगको सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार मिल्दोजुल्दो नाम राख्न नमिल्ने भएका कारण दुबै दलले नयाँ नाम प्रस्ताव गरेका हुन् । अध्यादेश अनुसार राजनीतिक दलसम्बन्धी नियमावली ल्याएपछि शुक्रबार दल दर्ताका लागि निवेदन दिने क्रममा नयाँ नाम राखिएको छ ।
प्रतिकृया दिनुहोस