नेपालको पार्टीलाई धमाधम राजनीतिक नियुक्ती, रेल्वे कम्पनी पनि नेपालकै पोल्टामा

Niranjan jha

काठमाडौं । नेपाल नेतृत्वको एमाले समाजवादीले बागमती प्रदेश प्रमुख पाएकै दिन नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रवन्धक पद पनि पाएको छ ।

शेरबहादुर देउवा नेतृत्वको सरकार गठनमा निर्णायक भूमिका खेलेको माधव नेपाल पक्षले धमाधम राजनीतिक नियुक्ति पाउन थालेको छ । सप्तरी राजविराजका बासिन्दा झा नेकपा एमालेको भ्रातृ संगठन युवा संघका उपाध्यक्ष हुन् ।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका महाप्रबन्धक गुरु भट्टराईलाई सरकारले स्पष्टीकरण सोधेपछि उनले राजीनामा दिएका थिए ।

गत असार २८ गते शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्ति भएयता सरकारले चार जना प्रदेश प्रमुख फेरिसकेको छ । लुम्बिनीमा अमिक शेरचन, गण्डकीमा पृथ्वीमान सिंह गुरुङ, प्रदेश २ मा हरिशंकर मिश्र नियुक्त भइसकेका छन् ।

सरकारले बिहीबार बागमती प्रदेशको प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएर माधव नेपालको सचिवालयमा लामो समय काम गरेका यादव शर्मालाई नियुक्त गरेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...