प्रश्नपत्र चोरी गर्ने ४ जना प्रहरी निलम्बित
काठमाडौं । प्रहरी प्रधान कार्यालयले तीन जना प्रहरीलाई निलम्बन गरेको छ । सइ जनक थापा, हवल्दार कुमार शाह र कार्यालय सहयोगी सुरेश बम निलम्बन भएको हो । प्रहरी प्रधान कार्यालयले उनीहरुलाई नोकरीबाटै हटाउने तयारी गरेको छ ।
राष्ट्रसंघीय शान्ति मिसनको प्रारम्भिक छनोट परीक्षाको प्रश्नपत्र चोरी र वितरणमा संलग्न तीन प्रहरीलाई प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको हो ।
कार्यालय सहयोगी बमले एसपीको घर्राबाट प्रश्नपत्र चोरी गरेर हवल्दार शाहलाई दिएका थिए । यसको योजनाकार शाह थिए । यूएन शाखामै कार्यरत सइ थापाले पनि प्रश्नपत्र लिएर आफन्तलाई दिएका थिए ।
प्रश्नपत्र चोरीमा संलग्न ११ जना तथा लापबारही गर्ने परीक्षा तयारी समितिका तीन प्रहरीमाथि प्रहरी प्रधान कार्यालयले स्पष्टिकरण सोधेर विभागीय कारबाही प्रक्रिया अघि बढाएको छ ।
प्रतिकृया दिनुहोस