सानो शक्तिले १० वर्षे विद्रोहले ल्याएको उपलब्धीको रक्षा गर्ने भट्टराईको दावी

Baburam bhattarai

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सानो शक्तिले १० वर्ष विद्रोह गरेर अहिलेको उपलब्धि प्राप्त गर्न सफल भएको बताएका छन् ।

‘कम्युनिष्ट पार्टी विधि र पद्धतिमा चल्न छाड्यो, महाधिवेशन छैन, टीका लगाएको व्यक्तिले पार्टीको नेतृत्व गरिरहेको छ,’ उनले भने, ‘समाजवादको मोडेल कस्तो आउनुपर्छ भन्ने कुरा पनि पर्छ। वैचारिक रूपमा समाजवादको धारणा तय गर्न नसक्नु नै आजको समस्या हो ।’

वैचारिक ढंगबाट अगाडि बढ्न नसके आफूहरू पनि ‘अर्को केपी ओली’ हुने बताए । समाजवादी केन्द्रले नेपालले आयोजना गरेको एक्काइसौं शताब्दीको मार्क्सवाद र समाजवाद विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता भट्टराईले भने, ‘हामीले वैचारिक दृष्टिले समाजवादको नयाँ बाटो पहिल्याउनुपर्छ । ओलीको आलोचना गर्दै गर्दा हामीले नयाँ समाजवादको मोडल तयार गर्नुपर्छ ।’

अब एकजुट भएर जनताको हितलाई केन्द्रमा राखी २१ औँ शताब्दीको मार्क्सवाद र समाजवादअनुसार कम्युनिष्ट पार्टीहरू अघि बढ्नुपर्ने उनले बताए ।

अहिले पुँजीवाद र कर्मचारीतन्त्र मौलाएको उनले जिकिर गरे । ‘उत्तरपन्थी र दक्षिणपन्थीहरूको आ(आफ्नै रणनीति छ’, उनले भने, ‘हामीले अफगानिस्तानलाई हेरेर पनि नयाँ युगको अवसर प्राप्त गरेका छौं ।’

भट्टराईले भने, ‘माधवजीले पनि एमाले समाजवादी दर्ता गर्नुभएको छ। हामीलाई पनि चुनाव चिह्न छोड्न गाह्रो भएको छ । तर, जनताको हितलाई केन्द्रमा राखेर २१ औँ शताब्दीको मार्क्सवाद र समाजवाद अनुसार अघि बढ्नैपर्छ । जनताले त्यहीँ भोट हाल्छन् भनेर चुनाव चिह्न कुरेर बसेर देश विकास हुँदैन ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...