प्रचण्डद्धारा अध्यादेशको बचाउ : संघीयता, लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षार्थ अध्यादेश आएको दावी

Pushpakamal dahal

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले लोकतन्त्र, गणतन्त्र, संघीयता र संविधानको रक्षा गर्नका लागि गठबन्धनको सरकारले राजनीतिक दलसम्बन्धीको अध्यादेश ल्याएको बताएका छन् ।

बिहीबार समाजवादी केन्द्र नेपालको कार्यक्रममा अध्यक्ष दाहालले अहिलेको अध्यादेशको उद्देश्य संघीयता, लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षा गर्नका लागि ल्याइएको दाबी गरे ।

प्रचण्डले पहिले केपी ओलीले ल्याएको अध्यादेश र अहिले शेरबहादुर देउवाले ल्याएको अध्यादेश फरक उद्देश्यबाट ल्याएको दावी गरे । उनले ओलीले लोकतन्त्र, गणतन्त्र र संविधान सिध्याउन ल्याएको दावी गर्दै देउवाले ल्याएको अध्यादेशले लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षाका लागि ल्याएको बताए ।

‘अध्यादेशको विषयमा अहिले डिबेट भएको छ । पहिला र अहिलेको अध्यादेशबीचमा आकाश जमिनको फरक छ । एउटै जसरी बुझियो’ उनले भने, ‘एउटा अध्यादेशको उद्देश्य लोकतन्त्र,संविधान र गणतन्त्रलाई सिध्याउनु थियो भने अर्कोको उद्देश्य प्राप्त उपलब्धीहरुको रक्षा गर्नु हो ।’

‘अहिले देउवाजीको नेतृत्वमा गठबन्धनको नयाँ सरकार हुँदा पनि फेरि त्यही अध्यादेश भन्ने कुरा उठेको छ, यसमा डिवेट भएको छ । म यो विषयमा डिवेट उठाउने मिडियाकर्मी साथीहरुलाई धन्यवाद भन्न चाहान्छु’, प्रचण्डले भने, ‘तर म केचाहिँ कुरा स्पष्ट पार्न चाहान्छु भने एउटा अध्यादेशको उद्देश्य लोकतन्त्र सिध्याउनु, संविधान सिध्याउनु, गणतन्त्र सिध्याउनु थियो । अर्को अध्यादेशको उद्देश्य लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षा गर्नुभएकाले यी दुइटा बाटा फरक छन् ।’

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेकी थिइन् । २० प्रतिशत केन्द्रीय सदस्य र सांसदहरुले मिलेर पार्टी फुटाउने व्यवस्था अध्यादेशमा राखिएपछि विरोध भइरहेको छ ।

 

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...