प्रदेश २ का प्रदेश प्रमुखद्धारा पदभार ग्रहण
जनकपुरधाम । प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख हरिशङ्कर मिश्रले बुधबार आफ्नो पदभार सम्हालेका छन् । बुधबार दिउँसो करिब २ बजे जनकपुरधाम आएका उनले मधेश भवनस्थित प्रदेश प्रमुखको कार्यालयमा पद सम्हालेका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष उनले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका थिए । साउन ३२ मा बसेको मन्त्रिपरिषद बैठकको निर्णयअनुसार राष्ट्रपति भण्डारीले मिश्रलाई प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन् ।
जनकपुर विमानस्थलमा उनको भव्य स्वागत गरिएको थियो । प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले विमानस्थलमा उनको स्वागत गरेका थिए ।
प्रतिकृया दिनुहोस