मुख्यमन्त्री कार्यालय अगाडी साबित्री सुवेदील गरिन मौन प्रदर्शन
कैलाली । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका दोषीलाई छिट्टै कानुनी कठघरामा ल्याउनुपर्ने महिला अधिकारकर्मी सावित्री सुवेदीले बताइन् । मंगलबार सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि मौन पर्दशन गर्दै उनले निर्मला घटनामा सरकारले कुनै चासो नदेखाएको आरोप लगाइन् ।
निर्मलाको हत्या भएको बर्षौ पुग्दा पनि सरकार मुखदर्शक बनेर बसेको उनले बताइन् । ‘निर्मलालाई न्याय दे’, ‘मेरो शरीर मेरो अधिकार’ का प्लेकार्ड सहित सुवेदीले मुख्यमन्त्री कार्यालय अगाडि केही समय मौन पर्दशन गरेकी थिइन् ।
निर्मला घटनाको तीन वर्ष पुरा भइसक्दा पनि न्याय नमिलेको र दिनदिनै छोरी चेली बलात्कार हुँदा पनि सरकार चुप रहेका कारण न्यायको माग गर्दै आफू फेरि धनगढी आएको उनले बताइन् ।
‘सरकार अहिले कानमा तेल हालेर बसेको छ’ उनले भनिन्, ‘जबसम्म निर्मलाले न्याय पाउँदिनन् तबसम्म हाम्रो आन्दोलन जारी रहने छ ।’ सरकारले बलात्कारीलाई फाँसी दिने कानून बनाउनु पर्ने र कानून नबनाएसम्म महिलाहरु चुप नबस्ने उनको भनाई थियो। निर्मलाको २०७५ साउन १० मा बलात्कारपछि हत्या भएको थियो । त्यसको भोलिपल्ट उखुबारीमा उनको शव भेटिएको थियो ।
प्रतिकृया दिनुहोस