माधव नेपालसहित १४ सांसदको पद खारेज गर्न संसद् सचिवालयलाई पत्र
काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न पत्र पठाइएको छ ।
सरकारले संसदीय दल वा केन्द्रीय कमिटीको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलम्बन्धी अध्यादेश ल्याए लगतै ओली पक्षले यस्तो पत्र पठाएको हो ।
संसद सचिवालयलाई उनीहरुलाई सांसद पदबाट मुक्त गर्न पत्रसमेत पठाउने तयारी एमालेले गरेको छ भने यसबारे निर्वाचन आयोगलाई समेत जानकारी गराइने भएको छ।
प्रतिनिधसभाका नेपालसहित जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्रीसहित १४ जना सांसदहरुलाई एमालेले कारबाही गरेको हो।
मंगलबार संसदीय दलको बैठकले ती सांसदहरुलाई कारबाही गर्न सिफारिस गरेको नेतृ शान्ता चौधरीले जानकारी गराइन्।
यी हुन् कारबाहीमा परेका सांसदहरु :
-माधव नेपाल
-जीवनराम श्रेष्ठ
-मुकुन्द न्यौपाने
-रामकुमारी झाँक्री
-कल्याणी खड्का
-लक्ष्मीकुमारी चौधरी
-निरादेवी जैरु
-पुष्पाकुमारी कर्ण
-सरला यादव
-कलिला खातुन
-मेटमणी चौधरी
-विरोध खतिवडा
-कृष्णलाल महर्जन
-भवानी खापुङ
प्रतिकृया दिनुहोस