प्रधानमन्त्री देउवा र डा. केसीबीच वार्ता हुँदै
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले डा.गोविन्द केसीलाई बालुवाटार बोलाएका छन् । उनले केसीसँग वार्ताका लागि भन्दै साँझ ५ बजे बालुवाटार बोलाएका हुन् ।
सरकार समक्ष विभिन्न पाँच बुँदे माग राखेर अनशनका लागि अल्टिमेटम दिएका डा.केसीलाई प्रधानमन्त्री देउवाले छलफलका लागि बालुवाटार बोलाएका हुन् ।
प्रधानमन्त्री देउवाले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेपछि केसीले तत्काल बर्खास्त गर्न भन्दै ध्यानाकर्षण पत्र बुझाएका थिए ।
प्रतिकृया दिनुहोस