प्रधानमन्त्री देउवाले कांग्रेसको संस्कार बाहिर रहेर काम गरेको डा. कोइरालाको टिप्पणी

Sekhar2021

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुुर देउवाबाट चुक भएको टिप्पणी गरेका छन् । 

संसद्बाट परिमार्जन र सुधारसहितको बजेट पास गर्नेतर्फ सक्रियता देखाउनुपर्नेमा संसद् अधिवेशन नै अन्त्य गरेर प्रधानमन्त्रीले भुल गरेको उनको आरोप छ ।

‘सरकारले संसदबाट परिमार्जन र सुधार सहित बजेट पास गर्ने तर्फ सक्रियता देखाउनु पर्थ्यो,’ सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘यो चुक प्रधानमन्त्रीबाट भयो, यो कांग्रेसको संस्कार होइन ।
उहाँले सरकार सञ्चालनको सुविधाको लागि राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याइएको हुनसक्ने बताउँदै प्रधानमन्त्रीलाई शंकाको सुविधा पनि दिए । यद्यपि अध्यादेशबाट राजकाज चलाउने सोच हो भने त्यसलाई समर्थन गर्न नसकिने उनले उल्लेख गरे ।

प्रधानमन्त्री देउवाले सोमबार संसद्को अधिवेशन अन्त्य गरेर मंगलबार नै दल विभाजनसम्बन्धी अध्यादेश ल्याएका छन् । उक्त अध्यादेश जारी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस भइसकेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...