एमालेले अवरोध गरेपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित
काठमाडौँ । प्रमुख विपक्षी दल एमालेले अवरोध गरेपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित भएको छ।
निर्धारित समय भन्दा डेढ घण्टा ढिला गरेर आज नवौं अधिवेशन अन्तर्गतको पहिलो बैठक बसेको थियो। सूर्य चिन्हबाट चुनाव जितेका विमलाकुमारी खत्री वली र अजय शाहीलाई आफ्नो पार्टीले कारवाही गरेको र कारवाही गरिएको पत्र बैठकमा पढेर सुनाउनुपर्ने एमालेको माग थियो।
बैठक सुरु हुने वित्तिकै एमालेका प्रमुख सचेतक भूमिश्वर ढकाललले एमालेको संसदीय दलको ह्वीप उल्लंघन गर्ने र विधान विपरित गतिविधि गर्ने आफ्ना २ सांसदलाई कारवाही गरिएको सूचना पढेर सुनाउन माग गरे।
सभामुख पूर्णबहादुर घर्तीले कारवाहीको पत्र सचिवालयले प्रक्रिया अनुसार अघि बढाउने बताएका थिए।त्यसपछि एमालेका सांसदहरूले उठेर लगातार टेबुल ठोकिरहेका थिए। विपक्षी सांसदले टेबुल ठोकिरहँदा सभामुखले प्रदेश सभा आह्वान भएको र लुम्बिनीमा नयाँ मन्त्रिपरिषद गठन भएको जानकारी प्रदेश सभालाई गराएर बुधबार दिउँसो १ बजेसम्मको लागि बैठक स्थगित गरेका थिए।
प्रतिकृया दिनुहोस