सरकारमा दलहरु विभाजन गरेर शासन चलाउँछु भन्ने धुन्धकारी सोच निस्कियो : एमाले

Agni kharel

काठमाडौँ ।  प्रमुख विपक्षी नेकपा एमालेले राजनीतिक दलसम्बन्धी अध्यादेशबारे राष्ट्रपतिले पुनर्विचार गर्नुपर्ने बताएको छ ।

सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सक्ने अध्यादेश ल्याएपछि एमालेले विरोध गरेको हो । एमाले निर्वाचन विभागका प्रमुख अग्नि खरेलले अध्यादेशबारे राष्ट्रपतिले पुनर्विचार गर्नुपर्ने बताए ।

वैशाख २०७७ मा तत्कालीन सरकारले अध्यादेश ल्याउँदा विरोध भएको र राष्ट्रपतिले हतारहतार प्रमाणीकरण गरेर प्रधानमन्त्रीलाई सहज बनाएको आरोप लागेको स्मरण गर्दै उनले भने, ‘यदि त्यो आलोचना सही हो भने राष्ट्रपतिले पुनर्विचार गर्नुपर्छ ।’

दलहरु विभाजन गरेर शासन चलाउँछु भन्ने धुन्धकारी सोच भएको उनले बताए । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...