भीम रावल र नेपाल बीच चर्काचर्की : बैठक छाडेर हिँडे रावल

Bhim. nepal

काठमाडौँ । नेकपा एमालेका नेता माधवकुमार नेपालले बोलाएको आफू पक्षीय नेताहरुको भेलामा अध्यादेश को विषयलाई लिएर नेताहरुबीच चर्काचर्की परेको छ ।

एमालेका केही नेताहरुले नयाँ पार्टी निर्माणमा जोड दिएका छन् भने केही नेताहरुले अझै पार्टी एकताका लागि संघर्ष गर्नुपर्ने बताएका छन् ।

एमाले उपाध्यक्ष भीम रावलले नयाँ पार्टी निर्माण गर्नुभन्दा पहिला पार्टी एकताका लागि संघर्ष गर्नुपर्ने सुझाव राखेका थिए । तर नेता नेपालले ओली अब नसुध्रिने भन्दै रावलको भनाइको प्रतिवाद गरेका थिए ।

नेपालले आफ्नो कुरा नमानेपछि रावल बैठक छोडेर बाहिर निस्किएका छन् । सरकारले दल विभाजन गर्न सहज हुने तरिकाले अध्यादेश ल्याउने तयारी गरिसकेको छ ।

यता एमालेले भने सरकारले दल विभाजनका लागि अध्यादेश ल्याउने निर्णय गरे त्यसको प्रतिवाद गर्ने निर्णय गरेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...