अफगानिस्तानबाट कतार हुँदै काठमाडौं आइपुगे १२७ जना नेपालीहरु
काठमाडौं । अफगानिस्तानबाट कतार हुँदै १२७ जना नेपालीहरु काठमाडौं आइपुगेका छन् । उनीहरु जजिरा एयरको विमानमार्फत् आज बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।
अमेरिकी चार्टर बिहानमा उनीहरू मंगलबार बिहान १०स्१५ बजे त्रिभुवन विमानस्थल आइपुगेको नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।
अमेरिकी दूतावासमा सुरक्षागार्डका रूपमा रहेका ३८५ नेपालीलाई अमेरिकाले त्यहाँबाट उद्धार गरी कतारको दोहा पुर्याएकोमा १२७ जना नेपाल आइपुगेका हुन् ।
नेपाल फर्कन २ हजार हाराहारी नेपाली उद्धारको पर्खाइमा रहेको बताइरहँदा सरकारीस्तरबाट उद्धारका लागि १ सय ३४ नेपालीले मात्रै स्वदेश फिर्तीका लागि आफ्नो विवरण टिपाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
कन्सुलर सेवा विभागको वेबपोर्टलमा आइतबार बेलुकासम्म १ सय ३४ जना नेपालीले आफ्नो विवरण दर्ता गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनीहरुलाई एकरदुई दिनमै स्वदेश फर्काउने तयारी छ ।
विद्रोही तालिबान समूहले अफगानिस्तानमा नियन्त्रण जमाएपछि त्यहाँका राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । विभिन्न देशहरुले सेना पठाएर आफ्ना नागरिकहरुलाई उद्धार जारी राखेका छन् ।
परराष्ट्र मन्त्रालयले संयुक्त राष्ट्रसंघ र सहयोगी देशहरुलाई पत्र लेखेर नेपालीहरुलाई पनि उद्धार गरिदिन आग्रह गरेको छ ।
प्रतिकृया दिनुहोस