भीम रावल र ईश्वर पोखरेलबीच पार्टी एकताबारे छलफल
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावल तथा महासचिव ईश्वर पोखरेलबीच छलफल भएको छ।
आइतबार टोखास्थित पोखरेल निवासमा भएको भेटमा १० बुँदे सहमति कार्यान्वयन गरेर पार्टी एकता गर्नेबारे छलफल भएको बताइएको छ।
गत असार २७ गते एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्षका कार्यदलबीच १० बुँदे सहमति भएको थियो।
उक्त १० बुँदे सहमतिलाई नेता नेपालले स्वीकार नगरेकाले अझै कार्यान्वयन हुन सकेको छैन।
प्रतिकृया दिनुहोस