अफगानिस्तानमा रहेका नेपाली असुरक्षित, सरकारले बनायो तथ्यांक खोज्न संयन्त्र

Taliban sena

काठमाडौं । अफगानिस्तानमा अनौपचारिक क्षेत्रमा कति नेपाली कार्यरत छन् भन्ने तथ्यांक नै नभएको सरकारले बताएको छ । तर, काबुलमा एक हजार पाँच सय नेपाली कार्यरत छन् ।

औपचारिक क्षेत्रमा कार्यरत करीब १५ सय नेपालीलाई भने अरु कर्मचारीहरुसँगै सुरक्षित स्थानमा लैजान सम्बन्धित संस्थालाई आग्रह गरिएको परराष्ट्र मन्त्रालयका सचिव भरत पौडेलले बताए ।

आइतबार बिहान मात्र मुख्यसचिवको नेतृत्वमा बसेको बैठकले परराष्ट्रका सहसचिव हरिशचन्द्र घिमिरेको नेतृत्वमा संयन्त्र बनाएको छ, जसमा सीसीएमसीका साथै गृह, पर्यटन लगायतका आवश्यकका मन्त्रालयका प्रतिनिधि रहनेछन् । यो संयन्त्रले पनि अनौपचारिक क्षेत्रमा रहेका नेपालीहरुको अवस्थाबारे अध्ययन गर्ने परराष्ट्र सचिव पौडेलले जानकारी दिए ।

तालिवान समूहले अफगानिस्तानका उत्तर, पश्चिम र दक्षिणका आधाभन्दा बढी प्रान्तमा कब्जा जमाइसकेपछि उत्पन्न त्रासदीबीच नेपाल सरकारले काबुलमा कार्यरत नेपालीको सोधखोज तीव्र पारेको छ ।

अफगानिस्तानमा सञ्चालित भारतीय विकास परियोजनामा पनि नेपाली नागरिक कार्यरत छन् । त्यहाँ विशेषतः ओलिभ कम्पनी, गार्दा कम्पनी, आइपिजी कम्पनी, आर्ट सेक्युरिटीमार्फत नेपाली कामका सिलसिलामा पुगेका छन् ।

संयुक्त राष्ट्रसंघीय नियोग र विभिन्न मुलुकका दूतावासको सुरक्षाको भित्री घेरामा नेपाली खटिएका छन् । दिल्लीस्थित नेपाली दूतावासका अनुसार संयुक्त राष्ट्रसंघ तथा त्यसअन्तर्गतका कार्यालय, युरोपियन युनियनको कार्यालय, बेलायत, जर्मनी, क्यानडा, जापान, नर्वे, अस्ट्रेलियन दूतावासमा नेपाली पूर्व सुरक्षाकर्मी खटिएका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...