माओवादी कन्द्रिय कमिटी बैठक आजै समापन गरिने

233727326 3015938525310322 3556455477510480038 n

काठमाडौँ । सत्ता साझेदार माओवादी केन्द्रको जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेको राजनीतिक प्रतिवेदन र विधान संशोधन मस्यौदा प्रस्तावमाथि हिजो गठित आठवटै समूहले सुझाव पेश गरेका छन्।

शनिबार बनाइएका आठवटा समूहले सुझाव दिइसकेपछि अहिले अनुपम फुडल्यान्डमा माओवादी स्थायी कमिटी बैठक बसिरहेको छ।  ‘आठवटै समूहले दिए सुझाव दिइसकेका छन्। अहिले ती सुझावको जवाफ दिनका लागि स्थायी कमिटी बैठक बसिरहेको छ,’ प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘हिजो २ बजेदेखि आज ११ बजेसम्म छलफल गरेर आठवटा समूहमा रहेका केन्द्रीय सदस्यले सुझाव दिइसक्नु भएको छ।’ 

स्थायी कमिटीको बैठकमा रिपोर्टमा प्रस्तुत भएका सुझाव र जिज्ञासा सम्बोधनबारे छलफल भइरहेको उनले बताए। ‘त्यसपछि त्यसको स्पष्टीकरण दिनेबारे छलफल हुनेछ’, उनले भने, ‘अध्यक्षबाट जवाफ दिइसकेपछि सम्भवत आजै नै केन्द्रीय समिति बैठक सकिने छ।’ 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...