काठमाडौँ उपत्यकामा संक्रमितको संख्या घट्यो, थप ७९५ जनामा संक्रमण
काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ७९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ५३५, भक्तपुरमा ९६ र ललितपुरमा १६४ जना कोरोना संक्रमित थपिएका हुन्।
यस्तै पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २० जनाले ज्यान गुमाएका छन्।
देशभर हालसम्म ३९ हजार ४०५ जना सक्रिय संक्रमित छन्। शनिबार १ हजार ३२० जना संक्रमणमुक्त भएका छन्।
प्रतिकृया दिनुहोस