राष्ट्रपति भण्डारीद्धारा नारायणहिटी दरबार संग्रहालयको अवलोकन

Rastrapati bhandari

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नारायणहिटी दरबार संग्रहालय अवलोकन गरेकी छन्।

नारायणहिटी दरबारलाई संग्रहालयमा परिणत गरेपछि पहिलो पटक राष्ट्रप्रमुखबाट अवलोकन भएको हो। ०६५ फागुन १५ गतेबाट यो संग्रहालय सर्वसाधारणका लागि खुला गरिएको थियो, तर कोभिड–१९को दोस्रो लहरपछि सर्वसाधारणलाई अवलोकनका लागि संग्रहालय बन्द गरिएको छ।

शुक्रबार राष्ट्रपति भण्डारी संग्रहालय अवलोकनका लागि पुगेकी थिइन्। त्यसक्रमा उनलेले पूर्व राजाहरूको श्रीपेचदेखि राजदरबार हत्याकाण्ड भएको मुख्य स्थल त्रिभुवन सदनको पनि अवलोकन गरेकी थिइन्। सर्वसाधारणका लागि अहिलेसम्म त्रिभुवन सदन अवलोकनका लागि खुला गरिएको छैन।

त्रिभुवन सदनको अवलोकनपछि राष्ट्रपति भण्डारीले राजा वीरेन्द्रको निजी निवास, राजदरबारका सदस्यले प्रयोग गर्ने गरेको सिनेमा हल, अन्य कक्षहरु लगायत अवलोकन गरेकी थिइन्।

दरबार संग्रहालयभित्र विभिन्न बैठक कोठाहरू, राजारानीका शयन कक्षहरू, राजकीय पाहुनाहरूले प्रयोग गर्ने शयन कक्षहरू, भान्सा कोठा, भोजन कोठालगायत ५२ वटा कोठा रहेका छन्। तीमध्ये ३२ वटा कक्ष सर्वसाधारणको अवलोकनका लागि खुला गरिएको छ।

नारायणहिटी दरबार परिसर ७ सय ५४ रोपनी क्षेत्रफलमा फैलिएको छ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...