हिडडुल गर्न नसक्नेलाई घरमै पुगेर खोप लगाउन सर्वोच्चको आदेश
काठमाडौं । खोप केन्द्रसम्म पुग्न नसक्ने ज्येष्ठ नागरिक, हिँडडुल गर्न नसक्ने नागरिकलाई घरमै पगेर कोरोनाविरुद्धको खोप लगाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
न्यायाधिश प्रकाशकुमार ढुंगानाको एकल इजलासले आज सरकारको नाममा यस्तो आदेश जारी गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाउदै ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन माग गर्दै प्रवेश केसीले सर्वोच्चमा रिट दर्ता गराएका थिए ।
अस्पतालमा जान नसक्ने, दिर्घ रोगी तथा फरक क्षमता भएका, दुवै आँखा नदेख्ने नागरिकलाई घरमै पुगेर खोप लगाउन सर्वोच्चले अन्तरिम आदेश जारी गरेको हो ।
प्रतिकृया दिनुहोस