प्रधानमन्त्री देउवालाई शेखर कोइरालाको प्रश्न : यस्तो सरकारले कसरी जनहितमा काम गर्न सक्छ ?
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले एक महिनासम्म पनि मन्त्रिपरिषद विस्तार गर्न नसक्दा पार्टीभित्रकै नेताहरुले प्रश्न उठाएका छन् ।
बूढानिलकण्ठमा शुक्रबार जारी नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य शेखर कोइरालाले प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवालाई विभिन्न प्रश्न राखेका हुन् ।
जारी बैठकमा उनले भने, ‘तपाईं प्रधानमन्त्री भएको एक महिना भयो। १५ मन्त्रालय नेतृत्वविहीन छ। यस्तो अवस्थाले कसरी जनहितमा काम गर्न सक्छ र सुशासन दिन सक्छ ?’
कांग्रेसले १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ । यद्यपि क्रियाशील सदस्यता विवादका कारण महाधिवेशनअन्तर्गतका स्थानीय तह र जिल्ला अधिवेशन भने प्रभावित भइसकेका छन् ।
बिहीबार सुरु भएको बैठकमा पहिलो दिन क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले समितिको प्रतिवेदनको व्याख्यासहित प्रस्तुत गरेका थिए । अन्य नौ जना केन्द्रीय सदस्यले धारणा राखेका थिए ।
प्रतिकृया दिनुहोस