लण्डनमा आमरण बसेका गोर्खा सैनिकको जीवन रक्षा गर्न संग्रौलाको आग्रह
काठमाडौँ । प्रतिनिधिसभा सदस्य डिला संग्रौलाले गोर्खा सैनिकको जीवन रक्षा गर्न माग गरेकी छन् ।शुक्रबार प्रतिनिधि सभाको शून्य समयमा आफ्ना भनाइहरु राख्दै सांसद एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य संग्रौलाले मा गरेकी हुन्।
बैठकमा बोल्दै उनले भनिन्,‘जीवन रक्षा गर्नु नेपाल सरकारको कर्तव्य हो। त्यसैले म नेपाल सरकारलाई तत्काल कूटनीतिक मध्यमद्वारा ब्रिटिश सरकारसँग सम्पर्क गरी वार्ता समिति गठन गर्न, वार्ताको मिति र स्थान तोक्न पहल गर्न आग्रह गर्दछु। संसारभरि नेपालको शिर ठाडो पारेका गोर्खाहरुलाई मर्का पर्दा साथ दिनु हामी सबैको दायित्व हो ।’ उनले भनेकी छन् ।
उनले नेपाल तथा ब्रिटेनबीच २०० वर्ष भन्दा लामो ऐतिहासिक सम्बन्ध रहेको स्मरण गर्दै उनले उक्त सम्बन्धको जग गोर्खा सैनिक भएको बताएकी छन् ।
प्रतिकृया दिनुहोस