धनुषाको हंसपुर नगरपालिकाका मेयर र उपमेयरविरुद्ध पक्राउ पुर्जी जारी

7399653036211639072 n

काठमाडौँ । धनुषामा नगरपालिकाको कार्यालय सार्ने विषयमा भएको झडपमा मृत्यु भएको घटनामा झण्डै दुई वर्षपछि एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा हंसपुर नगरपालिकाको कार्यपालिका सदस्य श्याम राउत रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए।

हंसपुरको उक्त घटनामा नगरप्रमुख रामज्ञान मण्डल, उपप्रमुख रेणु झा र वडा नम्बर २ का अध्यक्ष उदय साहविरुद्ध पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

नगरपालिकाको केन्द्र सार्ने विषयलाई लिएर भएको झडपका क्रममा करिब आधा दर्जन व्यक्ति घाइते भएका थिए। घाइतेमध्ये ५५ वर्षीय स्थानीय तपेश्वर मण्डलको प्रादेशिक अस्पताल जनकपुरधाममा मृत्यु भएको थियो। मण्डलको मृत्युपश्चात् मेयर र उपमेयर पक्षधरले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए।

के थियो घटना ? 

०७६ साल साउन २१ गते नगरपालिकाको केन्द्र सार्ने विषयलाई लिएर हंसपुर नगरपालिकामा प्रमुख रामज्ञान मण्डल र उपप्रमुख रेणु झाबीच चलिरहेको विवादले हिंसात्मक रुप लिएको थियो।

बघचौडामा रहेको नगरपालिकाको साविक कार्यालयबाट फाइल तथा सामान जबर्जस्ती लिन पुगेका नगर प्रमुख रामज्ञान पक्ष र उपप्रमुख रेणु झा पक्षबीचको विवादले उग्ररूप लिएपछि अवस्थालाई नियन्त्रणमा लिन खोज्दा प्रहरीको लाठी चार्जबाट आधा दर्जनभन्दा बढी स्थानीय घाइते भएका थिए।

झडपमा हंसपुर नगरपालिकाका उपप्रमुख झा, हंसपुर नगरपालिका–२ का अध्यक्ष उदय साह, स्थानीय तपेश्वर मण्डल, फेकन कापर र उपप्रमुखका गाडी चालक पुण्य खत्रीलगायत प्रहरीको लाठीचार्जबाट घाइते भएका थिए। पछि गम्भीर घाइते भएका तपेश्वर मण्डलको मृत्यु भएको थियो।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...