दलित जनप्रतिनिधिको गुनासो : आफ्नो कार्यकालमा चाहेरपनि काम गर्न सकेनौं

Dalit news

धनकुटा । धनकुटाका दलित जनप्रतिनिधिहरुले आफ्नो कार्यकाल सकिन लाग्दा पनि दलितमैत्री योजनाहरु ल्याउन नसकेको भन्दै आलोचना गरिएको छ ।

रिडेफ नेपाल विराटनगरको आयोजना र दलित एकता समाज धनकुटाको संयोजनमा बुधबार धनकुटामा आयोजना गरिएको स्थानीय तहमा दलित प्रतिनिधित्व र प्रभावकारीता विषयक अन्तरक्रिया कार्यक्रममा पाँच वर्षे कार्यकाल सकिन लाग्दा पनि दलित जनप्रतिनिधिहरुले आफ्नो वडामा दलित मैत्री कार्यक्रम ल्याउन नसक्दा निरासा पैदा भएको गुनासो गरिएको छ ।

सो कार्यक्रममा दलित महिला जनप्रतिनिधिहरुले आफुहरुलाई साक्षीको रुपमा मात्रै राख्ने गरेकाले चाहेर पनि आफ्नो वडामा दलित समुदायलाई अधिकार दिलाउने कार्यक्रम ल्याउन नसकेको बताए ।

दलित गैर सरकारी संस्था महासंघका उपमहासचिव डिवी शाहशंकरको अध्यक्षतामा भएको सो कार्यक्रममा धनकुटामा दलित अगुवाहरु रविन्द्र नेपाली, गोपाल विश्वकर्मा, मदन बस्याल, खोमबहादुर विश्वकर्मा, भोजबहादुर विश्वकर्मा सहितले आफ्नो धारणा राखेका थिए ।

सो कार्यक्रममा दलित अभियान्ता जेवी विश्वकर्माले नेपालमा दलित महिला जनप्रतिनिधिको समग्र अवस्थाको जानकारी गराएका थिए । कार्यक्रम दलित एकता समाजकी संयोजक कोपिला शंकरले सञ्चालन गरेकी थिइन् ।  

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...