एमाले एकताबारे माधव नेपाल भन्छन् : ‘ओलीको टाङमुनि छिर्दैनौँ, अहंकारीलाई माथ दिन्छौँ’

Madhav kumar

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू कसैको टाङमुनि नछिर्ने बताएका छन्। एमबिबिएस प्रवेश परीक्षका टपर आशिक झालाई सम्मान गर्न मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन्। 

उनले विद्यार्थीको सम्मान कार्यक्रममा आएर राजनीतिक कुरा गर्न आफूलाई ठीक नलागेको पनि बताए। नेता नेपालले एमाले एकता र अध्यक्ष केपी शर्मा ओलीतिर लक्षित गर्दै आफू अध्याँरो सुरुङमा नछिर्ने पनि बताए।

‘हामी कसैको टाङमुनि छिर्नवाला छैनौँ’, उनले एमाले एकताबारे संकेत गर्दै भने, ‘अध्याँरो सुरुङमा जाने छैनौँ। दम्भी र अहंकारीलाई माथ दिएर अघि जाने छौँ।’ उनले सहासी र बहादुरको मात्रै कदर हुने गरेको पनि बताए। ‘समाजमा साहसी र बहादुरको मात्रै कदर हुन्छ, कायर र डरपोखको हुँदैन,’ नेपालले भने, ‘हामी जायज कुरामा कसैसँग डग्दैनौँ। नाजायज कुराको अर्थ रहँदैन। सत्य र न्यायको बाटोमा अघि बढ्दा संसारले राम्रो भन्छ।’

उनले सम्बोधनका क्रममा एमाले नेता मनमोहन अधिकारीलाई पनि सम्झिए। ‘मनमोहन अधिकारीले यस धर्मीमा मलाई राम्रो भनिदिए हुन्थ्यो भन्नुहुन्थ्यो’ उनले भने, ‘हामी पनि दम्भी, अहंकारी र अधिनायकवादी नबनेर असल हुनुपर्छ।’

ओलीले केही मानिस समाज भाँड्न नुन खोर्सानी लिएर बस्ने गरेको पनि बताए। ‘समाजमा नुन खोर्सानी बोकेर बस्ने मान्छे पनि छन्। अलिकति घाउ देख्यो कि नुन चुक खोर्सानी हालेर पीडा बढाइदिन्छन्’ उनले भने, ‘यस्तो पीडा कहिले नदिनु, कहिले कसैको पनि दुष्ट नहुनु।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...