काठमाडौँ उपत्यकामा थपियो निषेधाज्ञा : राति ८ बजेदेखि सवारी चलाउन नपाइने  

Kathmandu 15

काठमाडौँ । कोरोना महामारी बढेको भन्दै उपत्यकाका तीनै जिल्लाका प्रशासनले बेलुकी ८ बजेदेखि सार्वजनिक तथा निजी सवारी साधनमा रोक लगाउने निर्णय गरेको छ।

अहिले जारी निषेधाज्ञा बुधबार राति सकिने भएकाले बिहीबारदेखि लागू हुने गरी काठमाडौँ, ललितपुर र भक्तपुर प्रशासन कार्यालयले बेलुकी ८ बजेदेखि उता सबै सवारी साधनहरु सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।

भक्तपुरका सिडिओ प्रेमप्रसाद भट्टराईका अनुसार अत्यावश्यक सवारी साधनहरु भने जुनसुकै समय चल्न पाउनेछन्। अहिले थपिएको निषेधाज्ञाको अवधि बिहीबारदेखि भदौ ८ गतेसम्म रहने पनि प्रशासन कार्यालयले जानकारी दिएको छ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...