कुलमानलाई प्राधिकरणको निर्देशक बनाउने प्रस्ताव मन्त्रिपरिषद् लैजाने सरकारको तयारी
काठमाडौँ । सरकारले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुन ल्याउने तयारी गरेको छ ।
ऊर्जा मन्त्रालयले कुलमानलाई प्राधिकरणको निर्देशक बनाउने प्रस्ताव आज बस्ने मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी गरेको हो ।
मन्त्रिपरिषद्को बैठक आजै बोलाइएको छ । स्रोतका अनुसार हालका कार्यकारी निर्देशक हितेन्द्र शाक्यलाई भने ऊर्जा आयोगमा सरुवा गर्ने तयारी गरेको बुझिएको छ ।
प्रतिकृया दिनुहोस