निर्वाचन आयोगले दियो अर्को झड्का : जसपाका महन्थ ठाकुरसहित १६ नेता पार्टीबिहीन
काठमाडौँ । जनता समाजवादी पार्टीका महन्थ ठाकुरसहित १६ जना नेता आजदेखी पार्टीविहीन बनेका छन् ।
निर्वाचन आयोगले (जसपा) केन्द्रीय कार्यकारिणी समितिको नयाँ विवरण अध्यावधिक गरेपछि उनीहरु पार्टीविहिन भएका हुन् ।
अध्यक्ष उपेन्द्र यादवलाई आयोगले आफ्नो पक्षलाई आधिकारिकता दिएपछि नयाँ विवरण अध्यावधिक गर्नका लागि बैठकको माइन्युटसहितका कागजात आयोगमा पेश गरेका थिए ।
जसपाबाट १६ नेता आउट भएसँगै अब केन्द्रीय कार्यकारिणी समिति ५१ बाट झरेर ३५ सदस्यीय बनेको छ । उनीहरुको सांसद पद भने अझै सुरक्षित छ ।
प्रतिकृया दिनुहोस