चितवनमा  निषेधाज्ञामा पुनः कडाइ : पसलहरु हप्तामा तिन दिनमात्रै सञ्चालन हुने, सवारी साधनमा जोरबिजोर

Img 3563

चितवन । चितवमा जारी रहेको निषेधाज्ञामा पुनः कडाइ गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले आज एक सूचना जारी गर्दै कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढ्दै गएकाले यसको रोकथामका लागि निषेधाज्ञामा कडाइ गरिएको जनाएको छ । आजबाट लागु हुने गरी साउन ३२ गतेसम्म निषेधाज्ञामा कडाइ गरिएको छ ।

प्रशासनको आदेशअनुसार खाद्यान्न, तरकारी, फलफूल, दूध डेरी, माछा, मासु, अण्डा, चल्ला, दाना खान पकाउने ग्याँस पसल, एग्रोभेट, बीउबिजन, रासाायनिक मल र भेटेनरी औषधि पसल, पूजा सामग्री पसल दैनिक बिहान १० बजेसम्म मात्रै संचालन गर्न पाइने व्यवस्था गरिएको छ । दूध डेरीको हकमा बेलुका ५ बजेदेखि ७ बजेसम्म समेत सञ्चालन गर्न पाइने छ ।

अन्य पसलहरु आइतबार, मंगलबार र बिहिबार दिउँसो १२ बजेदेखि ६ बजेसम्म सञ्चालन गर्न पाइने प्रशासनको आदेशमा उल्लेख छ । यस्तै निजी तथा सार्वजनिक सवारी साधनको हकमा जोर गते जोर नम्बर र विजोर गरे विजोर नम्बर मात्रै सञ्चालन गर्न पाइने छ ।

पछिल्लो समय चितवनमा कोरोना संक्रमितको संख्या बढ्दै गएकाले सबैलाई सचेत हुन प्रशासनले आग्रह गरेको छ । प्रशासनले संक्रमण बढ्दै गएमा जुनसुकै बेलामा पूर्ण निषेधाज्ञा लागु गर्ने बताएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...