अस्पताल भर्ना भएका बिरामी पुरुषलाई यौन दुर्व्यवहार गर्ने चिकित्सक शर्मा पक्राउ

Raj sharma

धनकुटा । अस्पतालसम्म पुग्नु भनेको आफुलाई लागेको रोग निको पार्नु हो र आफु सुरक्षित रहनु पनि हो । तर धनकुटाको एक नीजि मेडिकलका चिकित्सकले पुरुष बिरामीलाई यौनहिंसा गरेको पाइएको छ ।

धनकुटा–७ स्थित परिचय मोडमा सुवास मेडिकलका डा. राज शर्मा पुरुष बिरामीमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ परेका छन् ।

पिसाबसम्बन्धी समस्या भई अस्पताल भर्ना भएका पाख्रिबासमा ५३ वर्षीय पुरुषलाई यौन दुर्व्यवहार गरेको आरोपमा शर्मालाई पक्राउ गरिएको प्रहरीले पुष्टि गरेको छ ।

आइतबार राती करिव साढे १० बजे मादक पदार्थ सेवन गरी बिरामी कक्षमा पुगेका शर्माले यौनहिंसा गरेको उजुरीका आधारमा शर्मालाई गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी दीपककुमार रायले पुष्टि गरे ।

‘बिरामीले उजुरी गरेपछि उहाँलाई पक्राउ गरिएको छ’ डिएसपी रायले भने, ‘शर्माले प्रारिम्भक बयानका क्रममा यौन दुर्व्यवहार गरेको स्वीकार गर्नु भएको छ । थप अनुसन्धान गर्दैछौं ।’

विराटनगर महानगरपालिका–१२ खरैयाका शर्मा केही वर्षदेखि धनकुटामा निजी स्रोतबाट सञ्चालित अस्पतालमा चिकित्सकका रूपमा कार्यरत छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...