साझा कार्यक्रम र मन्त्रिपरिषद् विस्तारबारे छलफलका लागी सत्ता गठबन्धनका नेताहरू बालुवाटारमा
काठमाण्डौ । सत्ता गठबन्धनका शीर्ष नेताहरू मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल गर्न बालुवाटार पुगेका छन् ।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपा अध्यक्ष उपेन्द्र यादवबीच छलफल चलिरहेको छ । आइतवार बिहान साढे ११ बजेदेखि गठबन्धनका नेताहरूबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल चलिरहेको हो ।
आज साँझ सरकारका न्युनतम साझा कार्यक्रम घोषणा गरेपछि आज या भोलिसम्ममा मन्त्रिपरिषद् विस्तारको तयारी रहेको कांग्रेस स्रोतले बतायो । प्रधानमन्त्रीको पक्षमा हस्ताक्षर गरेको एमालेको माधव नेपाल समूहलाई पर्खिँदा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको सत्ता गठबन्धनका नेताहरूको भनाइ छ ।
प्रतिकृया दिनुहोस